सुर्यज्योति लाइफ कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न, ७ सदस्य नयाँ कमिटि गठन

६ जेष्ठ २०८१, आईतवार ११:१३

काठमाडौँ । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । कर्मचारी संघका केन्द्रीय अध्यक्ष रघु नाथ भण्डारीको अध्यक्षतामा सानोगौरचन स्थित रानी महल ब्याङ्केटमा भेला सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रीय पदाधिकारीहरु, कम्पनीका विभागीय प्रमुमखहरु, व्यवस्थापन तहका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । भेलाले सामुहिक हक अधिकार रक्षाको लागि चालिने कदममा कम्पनी प्रतिको जिम्मेवारीलाई समेत सन्तुलित रुपमा अघि बढाउने निर्णय गरेको छ ।

उक्त भेलाले सुशील काफ्लेको अध्यक्षतामा ७ सदस्य नयाँ कमिटि गठन भएको छ । कार्यक्रममा बागमति प्रदेशका १७० जना कर्मचारीहरूको उपस्थिति रहेको थियो । साथै १५ बर्ष भन्दा बढी कम्पनीमा सेवा गर्ने १४ जना कर्मचारीहरूलाई कर्मचारी संघले सम्मान पत्र प्रदान गरेको जानकारी केन्द्रीय समिति अध्यक्ष रघुनाथ भण्डारिले जानकारी दिए ।

2 thoughts on “सुर्यज्योति लाइफ कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न, ७ सदस्य नयाँ कमिटि गठन

  1. हार्दिक बधाई तथा सफलताको शुभकामना रघुनाथ शर

  2. Rajaram Rijal says:

    हार्दिक बधाई तथा सफलताको शुभकामना रघुनाथ शर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*