नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त

६ जेष्ठ २०८१, आईतवार १४:३२

काठमाडौं । नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त भएका छन् ।भट्टराई कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा संस्थापक सञ्चालक नियुक्त भएकी हुन् ।

उनलाई गत वैशाख २१ गतेको सचिव स्तरीय निर्णयले नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । भट्टराईले गत वैशाख २४ गते गोपनियता तथा इमान्दारिताको सपथ लिएको कम्पनीले जनाएको छ ।
भट्टराईलाई यसअघिका सञ्चालक कोमल बहादुर खक्रीको स्थानमा नियुत्त गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*