दुई कम्पनीको संस्थापक शेयर बिक्रिमा, कस्को कति कित्ता ?

६ जेष्ठ २०८१, आईतवार १४:४४

काठमाडौं । एनआइसी एसिया बैंक र गुडविल फाइनान्सले संस्थापक शेयर बिक्रिमा ल्याएको छ।

एनआइसी एसिया बैंकले आज आइतबार (जेठ ६ गते) देखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमीको ६१ हजार ८०५ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम २९४ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा जेठ १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

एनआइसी एसिया बैंकले आज आइतबार (जेठ ६ गते) देखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमीको ६१ हजार ८०५ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम २९४ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा जेठ १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

गुडविल फाइनान्ससले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९जेठ ६ गते० बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीको प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*