रिलायबल नेपाल लाइफ हाकिमचोक शाखाद्वारा बीमा दावी वापत ११ लाख रुपैयाँ भुक्तानी

७ जेष्ठ २०८१, सोमबार ११:१२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको हाकिमचोक शाखा कार्यालयले मृत्यु दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले हाकिमचोक शाखा कार्यालयबाट १० लाख रुपैयाँको जीवन बीमा गरेकी गैडाकोट निवासी बीमित स्वर्गिय बिष्णु राई दनुवारको श्रीमान उदय राई दनुवार दावी वापतको १० लाख ९६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

उक्त बीमा दावी भुक्तानी वापतको चेक कम्पनीको हाकिमचोक शाखा प्रमुख राजकुमार दाहालले बीमितका श्रीमान दनुवारलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले बीमितको घरमै गई दिएको उक्त दावी भुक्तानीमा कम्पनीका कर्मचारी, अभिकर्ता, बीमितको परिवार लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*