शेयर बजारमा उत्साहको माहोल: परिसूचक उच्च अकंले वृद्धि, कारोबार चार महिना यता कै उच्च

७ जेष्ठ २०८१, सोमबार १५:१०

काठमाडौँ । मौद्रिक नीतिको तेस्रो समिक्षालाई शेयर बजारले स्वागत गरेको छ । समिक्षापछिका दुबै कारोबारको दिन शेयर बजार दोहोरो अकंले बढेको छ । सोमबार मार्केट १२ः२३ बजे २१२१ बिन्दुसम्म पुगेको हो । सो पश्चात भने पुन परिसूचक २ हजार बिन्दुमा आइपुगेको हो ।

शेयर बजारमा आएको उत्साहले लगानीकर्ता खुसी भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेसँगै त्यसको सकारात्मक माहोल शेयर बजारमा परेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५४ अकंले बढेर २०९२.०० बिन्दुमा बन्द भएको छ । कारोबार रकम भने पाँच महिना यता कै उच्च बन्न पुगेको छ । आज कारोबार ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यसअघि माघ ८ गते ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँ कारोबार पुगेको थियो । सो यता कै आजको कारोकार उच्च हो ।

साताको दोस्रो दिन आठ उपसूचकमा हरियाली आएको छ । सोमबार बैंकिङ समूहको ४.१८ प्रतिशत, विकास बैंक समूहको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३९ प्रतिशत, हाइड्रोपावर समूहको १.३८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.८४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै, पोखरा फाइनान्सको १९ करोड ९२ लाख रुपैयाँ, सिइडिबि हाइड्रोपावरको १८ करोड ८९ लाख रुपैयाँ र फरवार्ड माइक्रोफाइनान्सको १३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

चार कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लागेको छ । सोमबार सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल, भगवती हाइड्रोपावर र नेरुडे लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*