कर्णालीमा आइएमई लाइफद्वारा नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम प्रदान, १५० अभिकर्ता प्रशिक्षित

७ जेष्ठ २०८१, सोमबार १५:४९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । कम्पनीले कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको आयोजनामा आइतवार वीरेन्द्रनगरमा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो ।

तालिममा प्रशिक्षक सौरभ लोहनीले सहभागीलाई आत्मनिर्भर हुनका लागि अभिकर्ता पेशा उपयुक्त रहेको बताए । उनले नाम, दाम, सम्मानका साथै व्यक्तित्व विकासका लागि अभिकर्ता पेशा उत्तम विकल्प रहेको बताए ।

कार्यक्रममा बजार विभाग प्रमुख गणेश चौलागाईले बीमा जगतमा पृथक योजना सहित कम्पनीका अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्न र विभिन्न वित्तीय सुचकांकमा अघि रहन कम्पनी आक्रामक शैलीमा लागेको बताए ।

साथै, उनले अभिकर्ता पेशाको महत्वका साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतीका विषयमा सरल एवं सहज टेक्निकहरु रहेको बताउँदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुती दिएका थिए । उनले इमान्दारिताका साथ कार्य गर्दा यो पेसाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टि सहित कार्य गर्न सकिने बताए ।

तालिममा १५० जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख प्रेम तिमिल्सिनाले गरेका थिए भने कार्यक्रमको सञ्चालन सुर्खेत शाखा प्रमुख मिलन कँडेलले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*