नेपाल लाइफ सौराहा, टाँडी शाखाद्वारा घातक रोग वापत बीमा दावी भुक्तानी

७ जेष्ठ २०८१, सोमबार १६:०७

काठमाडौं । नेपाल लाइफ इन्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सौराहा टाँडी शाखा कार्यालयले घातक रोग सुविधा वापत १० लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो ।

कालिका नगरपालिका वडा नं ५ गडुवा निवासी श्रेष्ठले १० लाखको जीवन सहारा आजीवन बिमा योजना तथा घातक रोग सुविधा सहितको बिमा गरेकी थिइन् । श्रेष्ठको निवासमा आयोजित औपचारि कार्यक्रममा जनप्रतिनिधिको रोहबरमा कम्पनीका टाँडीशाखा प्रमुख राज कुशहवाले क्यान्सर पीडित श्रेष्ठ सहित उनको परिवारलाई रकम हस्तान्तरण गरेका थिए ।

May be an image of 7 people and text that says 'नेवाललाइफ नेपाल लाइफ धातकरोग सुविधा कानी लाइफ 505 दंडीशी MEnNLO'

दावी भुक्तानी कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष दीपक बहादुर भट्टराई प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नं १ का वडाध्यक्ष सन्तबीर स्याङताङ, पेशगत बिमा अभिकर्ता संघका अध्यक्ष तथा बरिष्ठ एजेन्सी म्याजेजर पार्वती भूषाल, जुटपानी रेडक्रसका सभापति सभापति राजन रेग्मी, अर्थब बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यष दीपक राज वाग्ले, पेशागत बिमा अभिकर्ता संघका प्रमुख सल्लहाकार रामकृष्ण कार्की, संघका कोषाध्यक्ष विमला न्यौपाने, संघका सदस्य कृष्णबहादुर नेपाली, एजेन्सी म्यानेजरहरु सविता अधिकारी, कल्पना बजगाईँ, कृष्णमान श्रेष्ठ, सन्जोग चौधरी लगायतको उपस्थिति रहेको थियो । सौराहा टाँडीशाखा प्रमुख राज कुशहवाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*