रिलायबल नेपाल लाइफको क्षमता विकास तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

८ जेष्ठ २०८१, मंगलवार ०६:१६

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड काठमाडौं क्षेत्रीय कार्यालयले क्षमता विकास तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । जेठ ५ र ६ गते नगरकोटको रत्नागिरी रिसोर्टमा सम्पन्न भएको उक्त दुई दिने कार्यक्रम कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबू तिवारीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठले सहभागीहरूलाई जीवन बीमामा व्यवसायिक सफलताका सुत्रहरू विषयक प्रशिक्षण दिएका थिए । बीमा व्यवसायको व्यवसायिक कौशलता तथा क्षमता अभिवृद्धि विषयक प्रशिक्षण काठमाडौं र गण्डकी प्रदेशका व्यवसाय प्रमुख सरोज अधिकारीले दिएका थिए । साथै अन्तराष्ट्रिय प्रशिक्षक बिपि रेग्मीले सहभागीलाई जीवनपयोगी उत्प्रेरक प्रशिक्षण दिएका थिए ।

बीमा व्यवसायका उत्कृष्ट नतिजा हाशिल गर्ने १२३ जना लिडरहरूको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न विधामा सहभागीहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा कम्पनीको कानुन तथा दावी बिभाग प्रमुख निर्मल कुमार लामिछानेका साथै काठमाडौं क्षेत्रका विभिन्न शाखा उपशाखाका प्रमुख तथा मार्केटिङ कर्मचारीहरूको सहभागीता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*