नेपाल पुनर्बीमा कम्पनीमा सिईओ छनौट गर्न पाँच जनाको नाम सर्टलिष्टमा छानियो

८ जेष्ठ २०८१, मंगलवार ०७:४९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनौट गर्न पाँच जनाको नाम सर्टलिष्टमा छानिएको छ ।

सर्टलिष्टमा छानिएकाहरूमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा गरी जम्मा पाँच जना रहेका छन् ।

सर्टलिष्टमा परेकाहरूलाई व्यवसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा बोलाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*