सेबोनको कार्यबाहक अध्यक्ष फेरिए, रितेश हटेसँगै नयाँ अध्यक्ष नरेन्द्र कुमार राना मगरले लिए शपथ

८ जेष्ठ २०८१, मंगलवार १०:००

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सह सचिव फेरिएका छन् । यसअघि लामो समयदेखि रितेश शाक्यले प्रतिनिधित्व गर्दै आएकोमा हिजोबाट नयाँ अध्यक्षको रुपमा अर्का सह सचिव नरेन्द्र कुमार राना मगरले शपथ लिएका छन् ।

अर्थमन्त्रालयमा हिजो अध्यक्ष र सञ्चालकको रुपमा शपथ लिएका हुन् । रानाले आजैबाट धितोपत्र बोर्डमा अध्यक्षको हैसियतमा जिम्मेवारी सम्हाल्ने छन् । यद्यपि तत्काल अर्थमन्त्रालयमै बसेर काम गर्ने जनाइएको छ ।

उता, सेबोनबाट रितेश शाक्य बाहिरिएका छन् । उनले लामो समयदेखि सेबोनमा बसेर भ्रष्टाचारजन्य कार्यमा संलग्न थिए । अर्थमन्त्रालयमा सबैभन्दा धेरै गन्हाएका शाक्य पछिल्लो समय बजेट बनाउने कार्यमा समेत संलग्न रहँदै आएका छन् । शाक्यकै कारण बजेट निर्माण सम्बन्धी महत्वपूर्ण सूचना बाहिर जानसक्ने जोखिम रहेको छ । सेबोनमा हुँदा सर्वोत्तम सिमेन्टको विवादित बुक बिल्डिङ आईपिओ र प्रिमियम मूल्यको आईपिओ जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शाक्यमाथि अख्तियारले समेत छानविन गरिरहेको अवस्था छ ।

नेपाल धितोपत्र बोर्डको अद्यावधिक कानुन बमोजिम अध्यक्ष नहुँदा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सह सचिवले नै अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने उल्लेख छ ।
हाल धितोपत्र बोर्डमा अध्यक्ष पद गत पुसदेखि रिक्त छ । नयाँ अध्यक्षको नियुक्ती प्रक्रिया अघि बढेको भएपनि भ्रष्टाचारीलाई छिराउने तत्कालिन अर्थसचिव कृष्णहरि पुस्करले भूमिका खेलेपछि स्थगित भएको अवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*