सूर्यज्योति लाइफका सुदूरपश्चिम प्रदेश प्रमुख जगदिश भट्टको निधन

८ जेष्ठ २०८१, मंगलवार १२:०३

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख जगदिश प्रसाद भट्टको असामयिक निधन भएको छ । उनको गत राती सोमबार ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

कम्पनी श्रोतका अनुसार सोमबार साझ कार्यालयको सम्पूर्ण काम र मिटिङ सम्पन्न  गरेर घर गएपश्चात एक्कासी बिहोस भएर हस्पिटल लगिएको र हस्पिटलमा इसीजि गर्ने क्रममा कुनै प्रतिक्रिया नगरेपश्चात हस्पिटलले निधन घोषणा गरेको जनाएको छ ।

कम्पनीले मृतक भट्टलाई श्रद्धान्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारलाई गहिरो समवेदना प्रकट गरेको छ ।

परिवारका अनुसार उनको दाहसंस्कार आज दिउँसो गरिने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*