शेयर बजारमा रौनक, परिसूचक २१ सय बिन्दु माथि, फाइनान्स र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता

८ जेष्ठ २०८१, मंगलवार १५:०९

काठमाडौँ । शेयर बजारमा पछिल्ला दिन यता निरन्तर रौनक देखिएको छ । शेयर बजार उच्च अंकले वृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेसँगै त्यसको सकारात्मक माहोल शेयर बजारमा परेको छ ।

लगानीकर्ताको मनोबल बिस्तारै उच्च बन्दै गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९४ अकंले बढेर २११५.९४ बिन्दुमा बन्द भएको छ । मंगलबार ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

लगानीकर्ता फाइनान्स सेक्टरमा झुम्मिएका छन् । आज फाइनान्स समूहको शेयर ३.५५ प्रतिशतले बढेको हो । त्यस्तै, वाणिज्य बैंकको १.७७ प्रतिशत, हाइड्रोपावर समूहको २.१६ प्रतिशत, माइक्रोफाइनान्स सेक्टरको १.४७ प्रतिशतसहित ११ उपसूचकमा हरियाली आएकोे हो ।

मंगलबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज जानकी फाइनान्स, नेरुडे लघुवित्त, सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल र मध्यभोटेकोशी जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज पोखरा फाइनान्सको २४ करोड ६४ लाख रुपैयाँ, सिइडिबि हाइड्रोपावरको १२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*