धितोपत्र बोर्डका कार्यवाहक अध्यक्षले आजदेखि सम्हाले जिम्मेवारी

८ जेष्ठ २०८१, मंगलवार १५:२०

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार राना मगरले कार्यभार सम्हालेका छन् ।

उनले अर्थमन्त्रालयबाट हिजो अध्यक्ष र संचालकको रुपमा शपथ लिईसकेका छन् । उनले तत्काल अर्थमन्त्रालयमै बसेर काम गर्ने स्रोतले जनाएको छ।

नेपाल धितोपत्र बोर्डको अद्यावधिक कानुन बमोजिम अध्यक्ष नहुँदा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सह सचिवले नै अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने उल्लेख छ ।

हाल धितोपत्र बोर्डमा अध्यक्ष पद गत पुसदेखि रिक्त छ । नयाँ अध्यक्षको नियुक्ती प्रक्रिया अघि बढेको भएपनि भ्रष्टाचारीलाई छिराउने तत्कालिन अर्थसचिव कृष्णहरि पुस्करले भूमिका खेलेपछि स्थगित भएको अवस्था छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*