नेशनल फण्डले ५०% हकप्रद शेयर जारी गर्ने, डाक्यो एसजीएम

९ जेष्ठ २०८१, बुधबार ०६:५४

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले हकप्रद शेयरको प्रस्ताव पारित गर्न जेठ २५ गते विशेष साधारण सभा (एसजीएम) डाकेको छ । सभा काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीको रु. ५० प्रति शेयरको २ बराबर १ शेयर अर्थात् ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गरि चुक्ता पूँजी र जारी पूँजी बढाउने तथा प्रिमियममा समेत शेयर जारी गर्न सक्ने व्यवस्था गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*