आईएमई लाइफ बुटवलको क्षमता अभिवृद्धि तालिम सम्पन्न, १७० जना अभिकर्ता प्रशिक्षित

९ जेष्ठ २०८१, बुधबार ०९:१४

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स बुटवल एरियाले नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । बुटवलको दियालो फुडल्याण्डमा संचालित सो तालिमबाट १७० जना अभिकर्ताहरू प्रशिक्षित भएका हुन् ।

तालिमका प्रमुख प्रशिक्षक सौरभ लोहनीले सहभागीलाई आत्मनिर्भर हुनलाई अभिकर्ता पेशा अत्यन्तै राम्रो रहेको बताए । कार्यक्रमको प्रमुख अतिथि कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले ब्यानर पढेर उद्घाटन गरेको सो कार्यक्रममा विशिष्ट अतिथीको रुपमा लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख प्रेम तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि चौलागाईले कार्यक्रमलाई सम्बोधन गर्दै मानव मस्तिष्कले जे चाहन्छ त्यो पाउन सक्ने अद्भुत प्राकृतिक क्षमता भएकोले बीमा अभिकर्ताहरुले लक्ष्य निर्धारणमा जोड दिनुपर्ने बताए । त्यसैगरी, प्रदेश प्रमुख तिमिल्सिनाले तालिममको उद्देश्य तथा औचित्य माथि प्रकाश पार्दै जीवन बीमाले मानव जीवनमा आईपर्ने जोखिम बहन गर्ने हुँदा लाखौं परिवारको वित्तीय सुरक्षा आईएमई लाईफ कम्पनीले लिएको प्रति सबैले गौरब गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, गुल्मी एरिया शाखा प्रमुख खुमलाल अर्यालले स्वागत मन्तव्य राख्दै तालिममले ब्यवसायिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । प्रशिक्षक तथा बरिष्ठ उत्प्रेरक सौरभ लोहनीले सकारात्मक सोच, प्रडक्टको आकर्षण, अतिरिक्त सुविधा, व्यक्तित्व विकासका नियम र बीमा प्रतिको आम धारणा लगायतको विषयमा सहजीकरण गरे ।

कार्यक्रममा सहभागीहरूको तर्फबाट मन्तव्य दिदै एजेन्सी मेनेजर चिन्तामणी खरेलले छोटो समयमा अन्य जीवन बीमा कम्पनीहरुलाई पछाडि पार्दै अग्रता कायम गरेको प्रति खुसि ब्यक्त गर्दै अभिकर्ता भएर काम गर्न पाउदा आफु सन्तुष्ट भएको बताए । त्यसैगरी, शाखा प्रमुखहरुको तर्फबाट मन्तव्य राख्दै गुल्मी शाखा प्रमुख बिमल छन्तेलले तालिम अत्यन्तै महत्वपुर्ण भएकोले मानव जीवन अनिश्चित हुनेहुँदा बीमा गर्न ढिलो गर्न नहुने बताए ।

तालिलममा बुटवल एरियाका १० वटा शाखाहरुबाट १७० जना भन्दा बढी अभिकर्ता तथा बुटवल एरिया, गुल्मी एरियाका शाखा प्रमुखहरु, प्रदेश संयोजकको लगायतको सहभागिता समेत रहेको थियो । बुटवल क्षेत्रीय प्रबन्धक राजेन्द्र पन्थीको अध्यक्षतामा आयोजना गरिएको यस कार्यक्रमको संचालन चन्द्रौटा शाखा प्रमुख माया बस्नेतले गरेकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*