नेशनल फण्डले २७ करोडको आइपीओ निष्कासन गर्ने

९ जेष्ठ २०८१, बुधबार १०:२७

काठमाडौँ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो ।

सभा जेठ २५ गते काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीको ५० रुपैयाँ प्रतिसेयरको २ बराबर १ सेयर अर्थात् ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गरी चुक्ता पुँजी र जारी पुँजी बढाउने तथा प्रिमियममा समेत सेयर जारी गर्न सक्ने व्यवस्था गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*