रोयल इन्फिल्डको गुणस्तरमा प्रश्न, गुडिरहेको बुलेटमा आगलागी हुँदा एक जनाको निधन

९ जेष्ठ २०८१, बुधबार १२:५९

काठमाडौँ । रोयल इन्फिल्डको बुलेटमा आगलागी भएको छ । छिमेकी राष्ट्र भारतको हैदराबादमा गुडिरहेको रहेको अवस्थामा रोयल इन्फिल्डको बुलेटमा आगलागी भएको हो ।

सडकमै गुडिरहेको बुलेट बाइकको इन्जिनमा अचानक आगो लागेको छ । उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ९ जना गम्भीर रुपमा जलेको भारत प्रहरीले उल्लेख गरेको छ । हालसम्म कार र विद्युतीय स्कुटरमा आगलागीका घटनाहरु बढ्दो क्रममा रहेको छ । बेला बेला बाहिरिने यस्ता घटनाले ग्राहकलाई त्रसित बनाइरहेको छ ।

रोयल इन्फिल्डमा आगालागि भइरहेको भिडियोमा सडकको बीचमा बाइक जलिरहेको देख्न सकिन्छ । घटनास्थलमा उपस्थित धेरै मानिसहरु मोटरसाइकलको वरिपरि उभिएर आगो निभाउने प्रयास गरिरहेका थिए । यसै क्रममा मोटरसाइकलको इन्धन ट्याङ्कीमा एक्कासी विष्फोट हुन्छ र भयानक आगोले छेउमा रहेका मानिसहरुलाई जलाइरहेको छ । यो घटना बैशाख ३१ गते हो ।

रोयल इन्फिल्डको नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ्सले हो । नेपालमा समेत बुलेटमा आगलागीको घटना बढ्दै गइरहेको पाइन्छ । केहि समयअघि नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको युपी १७ एटी ६८२७ भारतीय नम्बर प्लेटको ग्यास बुलेटमा आगलागी घटना बाहिरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*