बैशाखमा नेप्सेमा कुल ३ करोडमाथिको शेयर थपिए, कम्पनीहरु बोनस शेयरमा केन्द्रित

९ जेष्ठ २०८१, बुधबार १३:००

काठमाडौं । नेप्सेमा कुल ३ करोड २२ लाख ६६ हजार ९६९ कित्ता शेयर थपिएको छ ।

बैशाखमा पाँच वटा अलग(अलग कम्पनीका बोनस सेयर र हकप्रद सेयर सूचीकृत भएका हुन् ।जसमा तीन वटा कम्पनीको बोनश शेयर छ भने बाँकीको हकप्रद शेयर छ ।

नेप्स का अनुसार उक्त अवधिमा एशियन लाइफ इन्स्योरेन्सको २४ लाख ४५ हजार ३५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता र ग्लोबल आईएमई बैंकको ३५ लाख ७७ हजार १०५, बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, रिडी पावरको ७७ लाख ४४ हजार ५०६ कित्ता र सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

गत बैशाखमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत भएको छ । कम्पनीले १ प्रतिशत बोनस शेयर बापतको ३५ लाख ७७ हजार १०५।९६ कित्ता बोनस शेयर गत बैशाख १० गते नेप्सेमा सूचीकृत गराएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*