लगातार पाँचौ दिन समेत मार्केट हरियाली, ५ अर्ब ६८ करोड कारोबार हुँदा वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

९ जेष्ठ २०८१, बुधबार १५:०९

काठमाडौँ । लगातार पाँचौ दिन समेत शेयर बजारमा हरियाली आएको छ । शेयर बजारले निरन्तर उकालो बाटो रोजेपछि लगानीकर्ता खुसी बनेका छन् । पछिल्लो समय नियामक निकाय लचिलो हुँदै जाँदा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव मार्केटमा परेको छ ।

बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ । ब्याजदर घट्दा बिस्तारै लगानीकर्ता कर्जा माग गरी रहेका छन् । यसले गर्दा समेत शेयर बजारलाई माथि लैजान मद्दत गर्नेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अकंले घटेर २१३१.४९ बिन्दुमा पुगेको छ । बुधबार ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार चार उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ४.२३ प्रतिशत, विकास बैंक समूहको ०.३३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९० प्रतिशत र म्युचुअल फण्डको ०.३६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

साताको अन्तिम कारोबारको दिन दुई कम्पीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज सामुदायिक लघुवित्त र बुद्धभुमि नेपालको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज नेरुडे लघुवित्तको २४ करोड ४२ लाख रुपैयाँ, पोखरा फाइनान्सको २१ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*