व्यवस्थापन खर्च बढाउदैं जीवन बीमा कम्पनी, कुनको कति ? (तथ्याङ्कसहित)

९ जेष्ठ २०८१, बुधबार १६:२०

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च सामान्य अंकले वृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत समान्तसम्ममा जीवन बीमा कम्पनीहरुको व्यवस्थापकीय खर्च १ दशमलव ६९ प्रतिशतले बढेको छ ।

तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले आठ अर्ब ८१ करोड १४ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् । अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुको उक्त खर्च अर्ब ६६ करोड ४७ लाख रुपैयाँ रहेको विवरणले देखाएको छ ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी रुपैयाँ व्यवस्थापनमा खर्चिएको छ । कम्पनीले यस अवधिमा एक अर्ब १८ लाख ९४ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले उक्त खर्च १२ दशमलव ९८ प्रतिशतले घटाउन सफल भएको छ ।

हिमालयन लाइफले पनि व्यवस्थापन खर्च घटाएको छ । कम्पनीले उक्त खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत घटाउँदै एक अर्ब चार करोड रुपैयाँमा सीमित बनाएको छ । साथै, नेशनल लाइफ इन्स्योरेन्सले एक अर्ब ७३ लाख रुपैयाँ व्यवस्थापन खर्चमा खर्चिएको छ ।

त्यस्तै, सूर्यज्योति लाइफले ७३ करोड ९४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ६० करोड २९ लाख रुपैयाँ खर्चिएका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको व्यवस्थापन खर्च १३ दशमलव ३१ प्रतिशतले बढेको छ । कम्पनीले यस अवधिमा ५२ करोड ७३ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएको छ । आइएमई लाइफले ५१ करोड ९६ लाख रुपैयाँ, एशियन लाइफले ५१ करोड ६० लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ ।

यसका साथै, एलआइसी नेपालले ५० करोड ५७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४८ करोड ५६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४६ करोड ८० लाख रुपैयाँ, सन नेपाल लाइफले ३८ करोड १७ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ३७ करोड रुपैयाँ व्यववस्थापनमा खर्चिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*