सिटिजन लाइफद्वारा कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैयाँ सहयोग

९ जेष्ठ २०८१, बुधबार १७:५७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कृत्रिम हात उत्पादन गर्न चार लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीले इ–नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने आपेक्षा राख्दै उक्त सहयोग प्रदान गरेको हो ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालद्वारा इ–नेबल नेपालका अधक्ष्य सुरेन्द्र श्रेष्ठ र महासचिब दिनेश राज भण्डारीलाई आज उक्त रकम हस्तान्तरण गरेको हो ।

बिगत समयमा विज्ञान र प्रविधिको क्षेत्रले अविश्वासनीय विकास गरे संगै, मानवीय जीवनलाई निकै सकारात्मक प्रभाव पारेको छ । यस विकासलाई आधार बनाएर कयौं मनिस र संस्थाहरुले समाजको हितका लागि कदम बडाएर आफ्नो लक्ष्यलाई पुरा गर्न सफल पनि भएका छन् र त्यस कार्यको एक उत्कृष्ट उदाहरण रहेको छ । ई–नेबल नेपाल सन २०१८ सालमा स्थापना भएको यस संस्था, बिगत ६ बर्ष देखी घम् प्रिन्ट मेसिनको प्रयोग गरी कार्यात्मक कृत्रिम हातको उत्पादन गरि समाजमा रहेका आर्थिक रुपमा कम्जोर अपाङ्गता भएका बालबालिकाहारुलाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको छ ।

जन्मजात अपाङ्गता भएका लगायत विभिन्न कारणले आफ्नो हातर अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्ने मुल नाराका साथ आघी बडेको यस गैर सरकारी, गैर नाफा मुलक संस्था अहिलेको समयमा लग्भाग १०० वटा भन्दा बडि देशहरूमा कार्यरत छ भने आहिले सम्म नेपालमै कयौं बालबालिकहारु माझ सहयोग पुर्याउन सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*