दोस्रो त्रैमासमा नेपाल रिको मुनाफा सुध्रियो, ईपीएस कति?

१० जेष्ठ २०८१, बिहीबार ०९:४२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आवको पुस मसान्तसम्म कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १५.४९ प्रतिशत वृद्धि भएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा २९ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म तीन अर्ब तीन करोड रुपैयाँ खु्द बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.५२ प्रतिशतले कम हो ।

समीक्षा अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ८७ करोड रुपैयाँ आम्दानी गरको छ । यस अवधिमा कम्पनीको कुल आम्दानी ११.५५ प्रतिशतले घटेर तीन अर्ब ९६ करोड ८७ लाख रुपैयाँमा झरेको छ ।

यस अवधिमा कम्पनीले दुई अर्ब १२ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले दुई अर्ब १३ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको बीमा कोषको आकार २१.१९ प्रतिशतले बढेर आठ अर्ब ७८ करोड रुपैयाँ पुगको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च १२.७५ प्रतिशतले घटेर तीन अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड रुपैयाँ, महाविपत्ति कोषमा ३० करोड ८१ लाख रुपैयाँ संचिती र रिटेन्ड अर्निङमा ५५ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको ईपीएस २.६४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४५.७५ रुपैयाँ र पिई अनुपात २५४.९४ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*