जन्मदिनको अवसरमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

१० जेष्ठ २०८१, बिहीबार १२:०६

काठमाडौं । काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसैक्रममा धनगढी उपमहानगरपालिका – ०४ बस्ने बसन्ती पान्डेले आफ्नो छोरीको जन्मउत्सबको अवसर पारेर बीमा पोलिसी उपहार दिएकी छन् । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय धनगढी बाट रु ८ लाख बीमाङ्कको शुलभ बाल जिवन बीमा प्लस पोलिसि उपहार दिएका हुन् ।

पाण्डे दम्पतिको पहिलो सन्तानको रुपमा २०८० जेठ ०९ गते छोरि क्रीस्टिना को जन्म भएको थियो । छोरीको उज्ज्वल भविष्यका लागि भन्दै उहाले बीमा पोलिसि उपहार स्वरुप दिए । उक्त बीमालेख कम्पनी धनगढीका शाखा प्रमुख बिक्रम सिंह बोगटी र ऐजेन्सि म्यानेजर पुस्पा भट्टले संयुक्त रुपमा बसन्ती पाण्डेलाई उल्लेखनिय कार्यको लागि बधाई दिदै बीमालेख हस्तान्तरण गरेका हुन् ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो । नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैक , ग्लोबल आइएमई बैंक लगायत उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवर्द्धक रहेको कम्पनीको बोनसदर पनि सर्वाधिक रहेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*