एशियन लाइफले कर नकटाई खुद मुनाफामा वृद्धिदर देखाएको बिषयमा के भन्छ प्राधिकरण ?

१० जेष्ठ २०८१, बिहीबार १३:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आँखा छल्दै कर नकटाई खुद मुनाफा निकालेको बिषय प्राधिकरणले पत्ता लगाएको छ।यो बिषयमा प्राधिकरणले कम्पनीसँग सपष्टीकरण लिएर सच्चाउन लगाई सकेको छ। नेपाल बीमा प्राधिकरणको निदेशन अनुरुप कम्पनीले मुनाफाबाट कर खर्च कटाएर पुन वित्तिय विवरण समेत सार्वजनिक गरेको छ।

प्राधिकरणका सिए विरोध वाग्लेले कर खर्च नकटाई कम्पनीले मुनाफा उच्च देखाएको कारण पुन रिर्पोट सार्वजनिक गर्न लगाएको जानकारी बीमापोष्टलाई दिएका छन् ।

यस बिषयमा कम्पनीमा बीमापोष्टले बुझन खोज्दा आफूलाई यस सम्बन्धमा जानकारी नभएको कम्पनीका पदाधिकारीहरु पन्छिएका छन् ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीले गल्ती गरेर स्विाकार गरिसकेका छन्, आगामी दिनमा वित्तिय विवरण सार्वजनिक गर्दा ध्यान पुराउन निर्देशन दिईसकेको बताएका छन् ।

कम्पनीले बैशाखमा सार्वजनिक गरेको वित्तिय विवरणमा केही समयको लागि भएपनि लाइम लाइटमा आउनको कम्पनीले गरेको बदमासीलाई प्राधिकरणले कुन रुपमा लिने हो हेर्न नै बाँकि छ ।

बैशाख ३० गते तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफामा सबै कम्पनीलाई उछिनेको समाचार सम्प्रेषण भईसकेको छ।बीमा प्राधिकरणको निर्देशन पछि कम्पनीले पाँच वित्तिय सूचांक सच्चाएको छ। कम्पनीले बैशाख ३० गते सार्वजनिक गरेका रिर्पोट सच्चाउदै लगानीको क्षेत्र, मुनाफा, रिर्टेनिङ अनिङ, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ सच्चाएको छ।
समीक्षा अवधिसम्ममा कम्पनीको मुनाफा २५४.९२ प्रतिशतले वृद्धि भई ६९ करोड ११ रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा १९ करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले पुन संसोधन गरेको रिर्पोटमा मुनाफा संसोधन भएर गत बर्षको तुलनामा ४३। ६९ प्रतिशतले वृद्धि भएर २० करोड ९८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक बर्षको संसोधित मुनाफा १४ करोड ६० लाख रुपैयाँ रहेको छ।

कम्पनीको खुद बीमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बीमा शुल्क आम्दानी १०.५० प्रतिशतले बढेर ५ अर्ब ८ करोडबाट ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*