हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

१० जेष्ठ २०८१, बिहीबार १४:१४

काठमाडौँ। हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि जेठ २७ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुने गरी आव्हान गरेको हो । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

यसैगरी, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*