एशियन लाइफद्वारा बीमा दावी वापतको रकम हस्तान्तरण

१० जेष्ठ २०८१, बिहीबार १४:२३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले पाँचथर जिल्लाको तुम्बेवा ५ बस्ने पिता थाम बहादुर र माता पुर्णमाया राईका कान्छा छोरा सुजन राईको मृत्यु दावी वापतको रकम हस्तान्तरण गरेको छ ।

अल्प आयुमा नै ज्यान गुमाएका राईको परिवारलाई कम्पनीले बीमा दावी वापत १० लाख रुपयाँ र काजक्रिया बापत १ लाख रुपैयाँ गरी कुल ११ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीले बीमितको घरमा नै गई बीमा दावीको रकम उपलब्ध गरेको छ ।

दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्सका कर्मचारी, अभिकर्ता लगायत स्थानीयहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
कार्यक्रममा कम्पनीका कोशी प्रदेशका उप क्षेत्रीय प्रबन्धक शान्तिराम निरौलाले बीमा महत्वमाथी प्रकाश पारेका थिए ।

साथै, सोही कार्यक्रममा दमक नगरपालिकाकी पुर्ब उपमेयर गिता अधिकरीको पनि उपस्तिथि रहेको थियो र उनले बीमाका महत्त्व बारे आम नागरिकलाई जानकारी दिएकी थिइन् । एशियनले बिमित परिवारमा थोर बहुत मलम लगाउन कोसिस गर्दै घरमै गएर दाबी भुक्तानी हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*