प्रभु महालक्ष्मी लाइफ निजगढ शाखाद्वारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

१० जेष्ठ २०८१, बिहीबार १७:३३

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सोही प्रक्रिया अनुसार कम्पनीको निजगढ शाखा कार्यालयले बीमा अभिकर्ताहरुलाई जेठ महिनाको लागि ल्याएको नयाँ योजना अन्तर्गत अभिकर्ताहरुलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको निजगड शाखा कार्यालयले आफ्नो क्षेत्रका अभिकर्ताहरुलाई बजारमा व्यवसाय गर्नको लागि थप सहज होस् भन्ने उदेश्यले बुक र आवश्यक सामाग्रि पनि वितरण गरेको छ । शाखा कार्यालयको उक्त कार्यले अभिकर्ताहरुलाई व्यवसायमा थप प्रोत्साहन मिल्ने कम्पनीले विश्वास लिएको छ ।

उपस्थिती सम्पूर्ण अभिकर्ताहरुलाई आवश्यक तालिमा प्रदान गर्दै निजगड शाखा प्रबन्धक अमृता कुमारी बस्नेतले अभिकर्ताहरुलाई थप प्रोत्साहन प्रदान गरेकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*