मधेश प्रदेशमा सन नेपाल लाइफको कर्मचारी ज्ञान अभिवृद्धि तालिम सम्पन्न

११ जेष्ठ २०८१, शुक्रबार १२:४२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेशमा कर्मचारी ज्ञान अभिवृद्धि तालिम सम्पन्न गरेको छ । कम्पनीले कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यले महोत्तरीको बर्दिबास रिसोर्टमा ४५ जना कर्मचारीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका मधेश प्रदेश प्रमुख नवराज चौधरीले कर्मचारीहरुलाई सम्पत्ति सुद्धिकरण, बीमा दावी प्रक्रिया, कर्मचारी आचारसंहिता लगायतका कुरामा तालिम प्रदान गरेको बताए । साथै, उनले उक्त तालिम पश्चात कर्मचारीहरुलाई काम गर्न थप हौसला प्रदान हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा कम्पनीका कर्पोरेट तहका कर्मचारी पुजा धिताल, सुन्दर रायमाझि लगायतका प्रदेशस्तरका सम्पूर्ण कर्मचारीको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*