आइएमई लाइफद्वारा चितवनमा २५० जना अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान

११ जेष्ठ २०८१, शुक्रबार १५:३६

काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्सले चितवनमा आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। कम्पनीले बिहिबार चितवन र नवलपरासि क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरु सहित दुई सय ५० जनाभन्दा बढीको सहभागीतामा उक्त तालिम प्रदान गरेको हो ।

चितवनको भरतपुर स्थित भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न तालिममा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त प्रशिक्षक सौरभ लोहनीले अभिकर्ताहरुलाई आइएमई लाइफ इन्स्योरेन्स सहित अभिकर्ता पेशाको आवश्यकता महत्वका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् कम्पनीका बजार विभाग प्रमुख गणेश चौलागाईले आइएमई लाइफनै अन्य कम्पनी भन्दा किन फरक छ ?, यहाँनै किन बीमा गर्ने भन्नेबारे विभिन्न उदारहणसहित अभिकर्ताहरुलाई प्रस्ट पारेका थिए । साथै, उनले इमान्दारिताका साथ कार्य गर्दा अभिकर्ता पेसाबाट नाम, दाम र सम्मान सबै प्राप्त हुने बताए । कम्पनीले सबैको लागि पहुँच हुने, लाभदायक तथा नविनतम् थप बीमा योजनाहरु ल्याई रहेको समेत उनले कार्यक्रममा उपस्थित सम्पूर्ण अभिकर्ताहरुलाई जानकारी गराए ।

बागमती प्रदेश प्रमुख चन्द्रप्रदीप भट्टराईले अध्यक्षता गरेको उक्त तालिममा कम्पनीकी क्षेत्रिय प्रवन्धक यशोदा ढुंगानाले स्वागत मन्तव्य राखेकी थिइन् भने उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अजिता अधिकारीले गरेको मार्केटिङ प्रमुख गणेश चौलागाईले जानकारी दिए ।

कम्पनीले अहिले देशै भरी अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम संचालन गरिरहेको छ। तालिममा सहभागी अभिकर्ताहरुले कम्पनीको तर्फ मानिसहरुको विश्वास बढि रहेको अवस्थामा तालिमले थप टेवा पुराएको बताए ।

सहभागी कुमार पौडेलले भने, ‘यो तालिमबाट हामी अभिकर्ताहरुलाई आवश्यक ज्ञान प्राप्त भएको छ। सोही ज्ञान प्रयोग गरेर व्यवसाय गर्न सहज हुनेछ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*