बीमा क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् कुन कम्पनीले शेयरमूल्य कति ?

११ जेष्ठ २०८१, शुक्रबार १७:२९

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन (बुधबार) पनि शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५४ अंकले वढेर २१३१ दशमलव ४९ को विन्दुमा कायम भएको छ ।

पछिल्लो समय नियमनकारी निकायको लचिलो नीतिका कारण शेयर बजारमा हरियाली छाएको छ । फाइनान्स र बैंकिङ्ग क्षेत्रका लगानीकर्ताहरु मालामाल बनेका बेला बीमा क्षेत्रका लगानीकर्ताहरु चाँही निरुत्साहित बनेका छन् । यो साता कारोबारको अन्तिम दिन बीमा क्षेत्रका अधिकांश कम्पनीहरुको शेयरमूल्यमा सामान्य गिरावट आएको छ ।

बुधबार जीवन बीमा उपसूचक ० दशमलव ५९ प्रतिशत अर्थात ६१ दशमलव ७१ अंकले घटेर १०,३८४ को विन्दुमा कायम भएको छ । उक्त बीमा उपसूचक घटेसँगै १२ वटा कम्पनीमध्ये ८ वटाको शेयरमूल्य घटेको छ भने ४ वटाको मात्र शेयरमूल्य घटेको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योेरेन्सको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । यस दिन कम्पनीको शेयरमूल्य १ दशमलव ४४ प्रतिशतले बढेर ६१२ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सन नेपाल लाइफको शेयरमूल्य ० दशमलव ५९ प्रतिशतले बढेर ४७९ रुपैयाँ, आइएमई लाइफको ० दशमलव ३५ प्रतिशतले बढेर ५६८ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन निर्जीवन बीमा उपसूचक ० दशमलव ६० प्रतिशत अर्थात ६६ दशमलव ६२ को अंकले घटेर १०,९२९ को बिन्दुमा कायम भएको छ । उक्त उपसूचकमा कारोबार भएका १२ कम्पनीमध्ये १० वटाको शेयरमूल्यमा गिरावट आएको छ ।

बुधबार नन लाइफ इन्स्योरेन्सहरुमध्ये शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मात्र शेयरमूल्य बढेको छ । यी बाहेकका सम्पूर्ण कम्पनीहरुको शेयरमूल्य सामान्य अंकले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*