आइएमई लाइफको २६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ जेष्ठ २०८१, आईतवार ०६:५५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (जेठ १३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयाजनार्थ कम्पनीले भोली बुक क्लोज गर्दैछ ।

कम्पनीले शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

घोषित लाभांश पारित गर्न कम्पनीले जेठ २८ गते सातौं वार्षिक साधारण सभा डाकेको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याक्वेट एण्ड इभेन्ट प्रा.लि. मा विहानको ११ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण समूहबाट एक जना संचालक नियुक्त गर्ने एजेण्डा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*