बीमालेख नवीकरण गर्दा नेशनल लाइफले विलम्ब शुल्कमा १००% सम्म छुट दिने

१३ जेष्ठ २०८१, आईतवार ०७:४०

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई व्यतित भएका बीमलेखहरू जेठ १० गतेदेखि असार १५ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको हो ।

कम्पनीले २०७७ सालदेखि हालसम्म व्यतित भएका बीमालेखमा १०० प्रतिशत, ०७४ साल चैत्र २ गते देखि २०७७ साल चैत्र १ गतेसम्म व्यतित बीमालेखमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ साल चैत्र १ गतेसम्म व्यतित बीमालेखमा ६० प्रतिशत छुट दिने जनाएको छ ।

साथै, नवीकरण मितिले दुई वर्षभित्र अवधि समाप्ती हुने बीमलेखमा छुट नहुने र बीमा अवधिभर यो सुविधा एकपटक मात्र लागु हुने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*