रसुवागढी हाइड्रोपावरले डाक्यो एकैपटक दुई आवको एजीएम, के–के छन् एजेण्डा?

१३ जेष्ठ २०८१, आईतवार ०७:५६

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको दशौं र एघारौं वार्षिक साधारण सभा (एजीएम) एकैपटक असार ११ गते बस्ने भएको छ । कम्पनीको जेठ १२ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभा काठमाडौको चण्डोलस्थित कुण्डलिनी दरवार व्याङ्क्वेटमा विहानको ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले दुबै आवका लागि लाभांश सम्बन्धी कुनै एजेण्डा समावेश गरेको छैन् ।

सभाले आव २०७८।७९ र २०७९।८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले आगामी जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । सोको अघिल्लो दिनसम्म नेप्सेमा काराबार भइ कामय शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*