सिटिजन लाइफको विभिन्न पदमा कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन

१३ जेष्ठ २०८१, आईतवार ११:२२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न पदहरूमा आवेदन खुलाएको छ । कम्पनीले आवेदन खुलाएको सातै प्रदेशमा ब्रान्च म्यानेजर, सब ब्रान्च म्यानेजर र हेड अफ ब्रान्चका लागि आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन हो ।

कम्पनीका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै, केही वर्ष कार्य अनुभव भएका उम्मेदवारहरुलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले आज कार्यालय समयसम्म कम्पनीको वेबसाईट मार्फत सो पदहरुमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*