एशियन लाइफ कालाबञ्जार उपशाखाद्वारा ५.९१ लाख रुपैयाँ दाबी भुक्तानी

१३ जेष्ठ २०८१, आईतवार १२:०१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुनसरी, कालाबञ्जार उप–शाखाले दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घरमै पुगेर पाँच लाख ९१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले सुनसरी जिल्लाको बराहक्षेत्र–०५ स्थित मिलन चोकमा पुगेर स्वर्गीय बीमित रुना घिमिरेको परिवारलाई दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार सो वडाका वडाध्यक्ष रोहित काफ्ले, एशियन लाइफका सुनसरी कालाबञ्जार उप–शाखा प्रमुख उत्सव कार्की, कम्पनीका विजनेश म्यानेजर अम्बिका सुवेदी र सन्तोष चाम्लागाई लगायतले बीमितका श्रीमान झमक प्रसाद घिमिरेलाई चेक हस्तान्तरण गरेका हुन् ।

बीमितले दम्पत्ति सावधिक जीवन बीमा गरेको चार वर्षपछि बीमितको असामयिक निधन भएपछि सम्पूर्ण कागजी प्रक्रिया पुरा गरी पाँच लाख ९१ हजार ४६७ रुपैयाँ बीमितको श्रीमानलाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

साथै, अब जम्मा ११ ओटा बाँकी किस्ताको रकम पाँच लाख ९८ हजार १२ रुपैयाँ जम्मा गर्नु नपर्ने र सो किस्ता बराबरको रकम कम्पनीले नै जम्मा गरिदिने र अवधि सकिएपछि फेरि बीमाङ्क रकम पाँच लाख पाँच हजार कम्पनीले बीमितको परिवारलाई प्रदान गर्ने उप–शाखा प्रमुख कार्कीले बताएका छन् ।

चेक हस्तान्तरण पछि बोल्दै वडाध्यक्ष काफ्लेले अहिलेको समयमा बीमाको महत्व धेरै रहेकाले सबैले बीमा गराउनुपर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*