पर्ख र हेरको रणनीतिमा शेयर लगानीकर्ता, मार्केट दोहोरो अकंले घट्यो

१३ जेष्ठ २०८१, आईतवार १५:०५

काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार ओरालो लागेको छ । आर्थिक वर्षको बजेटको मुखमै शेयर बजार दोहोरो अकंले घटेको हो ।

यसपटक पुँजी बजारका लगानीकर्ताले बजेट मार्फत आफ्ना माग सम्बोधन हुने अपेक्षा राखेका छन् । अर्थमन्त्री वर्षमान पुनले शेयर बजार चलयमान बनाउने आश्वासन दिदै आइरहेका छन् । उनले बजार सुधारका लागि सुझाव समेत माग गरेका थिए । सोहि सुझाव अनुसार बजेट आए शेयर बजारलाई नयाँ लय दिने लगानीकर्ताको भनाइ रहेकोको छ ।

बजेट आउने दिन नजिकिदै गएको हुँदा अहिले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा छन् । बजेट मार्फत माग सम्बोधन हुने हो कि होइन भनाइको पर्खाइमा लगानीकर्ता रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अकंले घटेर २१०९.३४ बिन्दुमा बन्द भएको छ । आइतबार ३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ११ उपसूचक राताम्य भएका छन् । आइतबार बैंकिङ समूहको ०.८७ प्रतिशत, विकास बैंकको १.१६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*