म्यादी बीमासहित ४३.१६% जनसङ्ख्यामा बीमाको पहुँच, १ खर्ब २४ अर्ब प्रिमियम कलेक्सन

१३ जेष्ठ २०८१, आईतवार १५:४५

काठमाडौं । नेपाली नागरिकहरुमा बीमाको पहुँच विस्तार हुदै गएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा म्यादी जीवन बीमासहित कुल जनसङ्ख्याको ४३ दशमलव १६ प्रतिशमा बीमाको पहुँच विस्तार भएको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।०८१ को आर्थिक सर्वेक्षण अनुसार बीमितहरुबाट कुल एक खर्ब २५ अर्ब ८९ करोड रुपैयाँ बराबर प्रिमियम संकलन भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रिमियम संकलन ४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणको प्रयास, विभिन्न जनचेतनामुलक कार्यक्रम लगायतका कारण बीमाको पहुँच बिस्तार भएको सरोकारवालाले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*