३७ लाख बीमितले लिए स्वास्थ्य बीमाबाट सेवा

१३ जेष्ठ २०८१, आईतवार १६:१७

काठमाडौं । पछिल्लो समय स्वास्थ्य बीमाको दायरामा आउने परिवारको संख्यामा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा करिव २४ लाख परिवारहरु स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।०८१ को आर्थिक सर्वेक्षण अनुसार यस अवधिमा २३ लाख ९५ हजार परिवारहरु स्वास्थ्य बीमामा समावेश भएका छन् । साथै, यस अवधिमा कुल ७७ लाख २७ हजार नागरिकहरुले बीमा गराउन् सफल भएका छन् ।

यसका साथै, चालु आवको ८ महिनासम्ममा ३६ लाख २१ हजार जना बीमितले स्वास्थ्य बीमाबाट लाभ लिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*