सानिमा रिलायन्स लाइफद्वारा घातक रोग बापत ५० लाख रुपैयाँको दावी भुक्तानी

१३ जेष्ठ २०८१, आईतवार १६:३६

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ ।  बीमित सन्जय कोजुको कार्यलय धुलिखेल नगरपालिका–६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर (सीओटी) एनबि गुरुङले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री ,एरिया म्यानेजर शनि खाछे श्रेष्ठ, एमडीआरटी सन्तोष श्रेष्ठ, मार्केटिङ अफिसर सुनिता केसि जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको क्षेत्रिय प्रमुख बलाराम खत्रीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रिय प्रमुख बलाराम खत्रीले भने, ‘बीमित कोजुको हृदयघातका कारण धुलिखेल अस्पतालमा उपचार गरिएको हो । उपचारमा करिब ७ लाख रुपैयाँ खर्च रहेको भएतापनी घातक रोग बीमा दाबी भुक्तानी जति रकमको बीमा गरिएको छ । बीमा दावी भुक्तानी त्यो रकम नै भुक्तानी गरिने कम्पनीलाई बीमितको कति रकम खर्च भएको हो भन्नेसँग सरोकार रहेको हुदैन्।’

बीमित कोजुले कम्पनी प्रती हार्दिक आभार दिदै उपस्थित सबैलाई बीमासँग जोडिन सबैलाई आग्रह गरे । उपचार खर्च अभावको कारणबाट मृत्यवरण गर्न समेत बाध्य हुने विषम परिस्थितिबाट बीमितले सजिलै फाइदा लिन सक्ने हुदा यस्को प्रभावकारिता र लोकप्रियता दुबै रहेको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*