राष्ट्रिय जीवन बीमा कम्पनीमा राष्ट्र बैंकको लगानी ऐन विपरित रहेको ठहर

१४ जेष्ठ २०८१, सोमबार १३:२५

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमा नेपाल राष्ट्र बैंकको लगानी ऐन विपरित रहेको महालेखा परिक्षकले निष्कर्ष निकालेको छ।

महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदनले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमा नेपाल राष्ट्र बैंकको लगानी ऐन विपरित रहेको देखाएको छ।

उक्त प्रतिवेदनमा उल्लेख भए अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७(२) मा भएको व्यवस्थाको प्रतिकुलमा रहि राष्ट्र बैंकले सो कम्पनीमा लगानी गरेको उल्लेख छ ।

ऐन अनुसार राष्ट्र बैंकले कम्पनीको कुल पूँजीको १० प्रतिशत ननाघ्नेगरी लगानी गर्नुपर्ने छ । तर, राष्ट्र बैंकले सो कम्पनीमा ५५.५५ प्रतिशत आफ्नो स्वामित्व राखेको छ ।

आफ्नो ५५.५५ प्रतिशत शेयर स्वामित्वका साथै राष्ट्र बैंकले सो कम्पनीनीको अग्राधिकार शेयरमा सहभागिता जनाउन भन्दै १ अर्ब ८४ करोड ३९ लाख रुपैयाँ अग्रिम दाखिला गरेको छ ।

राष्ट्र बैंकले सो कम्पनीमा आफ्ने शेयर स्वामित्व घटाएर १० प्रतिशतमा झार्नु पर्ने थियो । तर, राष्ट्र बैंकले लगानी थप गरेको छ ।राष्ट्र बैंकको उक्त लागनी नियन्त्रण गर्नुपर्ने महालेखाले सुझाव दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*