बजेटको मुख मै शेयर बजारमा झिनो सुधार, १० उपसूचक हरियाली, मार्केटले नयाँ लय समाउला ?

१४ जेष्ठ २०८१, सोमबार १५:०६

काठमाडौँ । भोलि अर्थात् जेठ १५ गते आर्थिक वर्ष २०८०।०८१ को बजेट आउँदैछ । हिजो दोहोरो अकंले घटेको बजार बजेटको मुख मै सामान्य सुधार देखिएको हो । बजार आज अन्तिम एक मिनेटमा सुधार देखिएको हो । आज दिनभर उतार चडाबकाबीच शेयर बजारमा सुधार देखिएको हो ।

नयाँ आर्थिक वर्षको बजेट मार्फत लगानीकर्ताले नीतिगत अवरोध फुकुवादेखि कर घटाउनसम्मको माग गर्दैै आइरहेका छन् । उता, अर्थमन्त्री वर्षमान पुन पनि शेयर बजार सुधारका लागि सक्रिय देखिन्छन् । उनले पदभार ग्रहण गरेकै दिन पुँजी बजारमा ६० लाख लगानीकर्ता रहेको हुँदा यसको सुधार आवश्यक रहेको बताएका थिए । सोहि बमोजिम पुनले बजार सुधारका लागि सुझाव समेत माग गरेका हुन् । अब लगानीकर्ता पर्ख र हेरको रणनीतिमा छन् । बजेट मार्फत केहि माग सम्बोधन हुँदा पनि बजारले नयाँ लय समाउने तर्क लगानीकर्ता गर्दै आइरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९३ अकंले बढेर २१११.६१ बिन्दुमा बन्द भएको छ । सोमबार ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

साताको दोस्रो कारोबारको दिन १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४९ प्रतिशत र निर्जीवन बीमा समूहको ०.२२ प्रतिशतले शेयर मूल्य ओरालो लागेको हो ।

सोमबार २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज मुक्तिनाथ कृषि कम्पनी र नेपाल हाउजिङको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*