फाइनान्समा लगानीकर्ताको आकर्षण, कुन कम्पनीको शेयर मूल्य कति ?

१४ जेष्ठ २०८१, सोमबार १६:२८

काठमाडौँ । पछिल्लो समय दोस्रो बजारमा फाइनान्स कम्पनीको शेयर सर्वाधिक खरिद बिक्री भइरहेको छ । दिनप्रति दिन फाइनान्स कम्पनीको शेयर मूल्य उकालो लाग्दा लगानीकर्ताको आकर्षण समेत थपिदै गएको हो ।

आज अर्थात जेठ १४ गते कारोबारमा आएका १५ फाइनान्स मध्य १३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । यता, दुई फाइनान्स कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । फाइनान्स कम्पनीको शेयर २९.८८ अकंले बढेर २१४२.३२ बिन्दुमा पुगेको हो ।

सोमबार सर्वाधिक शेयर मूल्य बढाउने कम्पनीमा पोखराफाइनान्स रहेको छ । यसदिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँ अर्थात् ८.४ प्रतिशतले बढेर ७१० रुपैयाँ पुगेको छ ।

आज शेयर मूल्य २ कम्पनीको घटेको छ । आज मञ्जुश्री फाइनान्सको ०.३ प्रतिशत र गुडविल फाइनान्सको ०.६३ प्रतिशतले शेयर मूल्य घटेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*