बीमा क्षेत्रमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कतिमा किन्न सकिन्छ शेयर ?

१४ जेष्ठ २०८१, सोमबार १७:०७

काठमाडौं । बजेटको मुखमै शेयर बजारमा सुधार देखिएको छ । भोलि अर्थात जेठ १५ गते नयाँ आर्थिक वर्ष २०८१।८२ को बजेट आउँदैछ । बजेट आउनुको अघिल्लोको दिन शेयर बजारमा सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९३ अकंले बढेर २१११.६१ बिन्दुमा बन्द भएको छ । सोमबार ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार जीवन बीमा उपसूचक ०.४० प्रतिशत अर्थात ४१.७६ अंकले बढेर १९३४२.३५ विन्दुमा कायम भएको छ । बीमा उपसूचमा सुधार आएसँगै १२ वटा कम्पनीमध्ये ७ वटाको शेयरमूल्य बढेको छ भने ५ वटाको मात्र शेयरमूल्य घटेको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये आइएमई लाइफको शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । यस दिन कम्पनीको शेयरमूल्य २.०१ प्रतिशतले बढेर ४५७ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको १.७९ प्रतिशत, एलआइसी नेपालको १.१६ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.३९ प्रतिशतले बढेको हो ।

यता,निर्जीवन बीमा उपसूचक ०.२२ प्रतिशत अर्थात २४.५३ अंकले घटेर १०७९४.०३ को बिन्दुमा कायम भएको छ । आज कारोबार भएका १२ निर्जीवन कम्पनीमध्ये ६ वटाको शेयरमूल्यमा गिरावट आएको छ भने ६ वटाको बढेको छ ।

सोमबार युनाइटेड अजोडको १.१७ प्रतिशत, सानिमा सिद्धार्थको ०.६३ प्रतिशत, हिमालयन एभरेष्टको ०.४७ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*