हकप्रद निष्काशनको प्रस्ताव राखेर बुद्धभुमी नेपालले डाक्यो एसजीएम

१५ जेष्ठ २०८१, मंगलवार ०९:००

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले जेठ ३० गते विशेष साधारण सभा (एसजीएम) बोलाएको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे बस्ने गरी सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले आउँदो जेठ २३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*