यूनाइटेड अजोडको एसजीएम जेठ ३१ गते बस्दै, हकप्रद निष्काशन मुख्य एजेण्डा

१५ जेष्ठ २०८१, मंगलवार ०९:१५

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जेठ ३१ गते विशेष साधारण सभा (एसजीएम) डाकेको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा विहान साढे १० बजेदेखि बस्नेगरी सभा डाकेको हो ।

सभाले कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता शेयर बराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी वृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समिति गठन गर्ने र संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ २५ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस आधारमा जेठ २४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*