निर्जीवन बीमा कम्पनीहरूले एक महिनामा भित्र्याए २.८७ अर्ब, हिमालयन एभरेष्ट अग्रस्थानमा, अन्यको अवस्था कस्तो?

१५ जेष्ठ २०८१, मंगलवार १२:१७

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई अर्ब ८७ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये हिमालयन एभरेष्टले सर्वाधिक ३८ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३५ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सले बैशाख मसान्तसम्म ३१ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियरले २९ करोड ६७ लाख, नेको इन्स्योरेन्सले २५ करोड ३२ लाख, आईजीआई प्रूडेन्सियलले २४ करोड ८६ लाख र एनएलजी इन्स्योरेन्सले २० करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म यूनाइटेड अजोड इन्स्योरेन्सले १९ करोड ७७ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले १६ करोड ४३ लाख, द ओरिएन्टल इन्स्योरेन्सले १२ करोड ७७ लाख, प्रभु इन्स्योरेन्सले ११ करोड ७० लाख, नेपाल इन्स्योरेन्सले ११ करोड ३२ लाख, नेशनल इन्स्योरेन्सले छ करोड ९८ लाख र राष्ट्रिय बीमा कम्पनीले तीन करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*