निर्जीवन बीमा कम्पनीको ६५ प्रतिशत व्यवसाय बागमती प्रदेशमा, अन्य कुन प्रदेशबाट कति ?

१५ जेष्ठ २०८१, मंगलवार १२:३६

काठमाडौं । नेपालमा संचालित रहेका निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।०८१ को बैशाख महिनासम्ममा ३३ अर्व ६ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

कम्पनीहरुले बैशाख महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि तथा बालि लगायतका बीमा लेखहरुबाट उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमालेखको प्रदेशगत विवरण अनुसार बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन भएको छ । चालु आर्थिक वर्षको १० महिनामा बीमा कम्पनीहरुले यस प्रदेशबाट २१ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । देशको संघिय राजधानी रहेको र जनसंख्या पनि अन्य सबै प्रदेशभन्दा बढी रहेको तथा व्यापारिक केन्द्रको रुपमा विकास भएको कारणले बाग्मती प्रदेशमा बढी बीमा शूल्क संकलन भएको प्रकाशित तथ्यांकले देखाएको छ ।

निर्जीवन बीमा ब्यवसायको ६५.४८ प्रतिशत ब्यवसाय बाग्मतीमा सीमित रहेको छ । बाग्मतीबाट सम्पत्ति बीमालेखबाट ४ अर्ब ५३ करोड ८ लाख रुपैयाँ, सामूद्रिकबाट १ अर्ब ११ करोड ३८ लाख रुपैयाँ, हवाईबाट २ अर्ब ११ करोड रुपैयाँ, मोटरबाट ५ अर्ब ४३ करोड रुपैयाँ, कृषि तथा बालीबाट ६० करोड १४ लाख र लघुबाट १० करोड ६६ लाख रुपैयाँ संकलन गरेका हुन् ।

यसैसँगै, बीमा शुल्क संकलनको आधारमा दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । बैशाख महिनासम्ममा बीमा कम्पनीहरुले लुुम्बिनी प्रदेशबाट ३ अर्ब १ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् । यसप्रदेशबाट सबैभन्दा बढी मोटरबनट १ अर्ब ३१ करोड ९६ लाख र सम्पत्तिबाट ९३ करोड ८७ लाख रुपैयाँको संकलन भएको छ ।

त्यस्तै, बीमा कम्पनीहरुले यस त्रैमाससम्ममा कोशी प्रदेशबाट २ अर्व ९२ करोड ८३ लाख रुपैयाँ, मधेश प्रदेशबाट २ अर्व १८ करोड ११ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्व ८० करोड ७० लाख रुपैयाँ, सुदुरपश्चिम प्रदेशबाट ८६ करोड ८६ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ६१ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

अझैपनि सुदुरपश्चिम र कर्णाली प्रदेशका दुर दराजसम्म बीमा जनचेतनाको अभाव रहेको छ । जनचेनता नपुग्नु, शिक्षाको कमि हुन लगायतका कारणले सो क्षेत्रमा बीमाको व्यापार अपेक्षा अनुसा हुन सकेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*