घटेन पुँजी बजारमा लगाएको कर, शेयर बजार बारे के बोले अर्थमन्त्री ?

१५ जेष्ठ २०८१, मंगलवार १६:४५

काठमाडौँ । सरकारले पुँजी बजारमा लगाएको कर नघटाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको विषयमा केहि बोलेनन् ।

उनले पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षाका लागि नेपाल धितोपत्र बोर्डलाई सुधार गर्ने बताए । उनले निश्चिम पुँजी भएपछि नेप्सेमा सूचीकृत हुनु पर्ने ब्यवस्था मिलाउने बताए ।

साथै, नेप्से र सिडिएसको संरचनागत सुधार गरिने बताएका छन् भने धितोपत्र बोर्ड र बीममा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिने बताएका छन्।

यस्तै बस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने बजेटमा उल्लेख छ। निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*