प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

१६ जेष्ठ २०८१, बुधबार ०७:१७

काठमाडौं । प्रभु बैंक लिमिटेडका संस्थापक समूहको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहको १६ हजार ५२८ कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । शेयर संस्थापक शेयरधनी लगायत जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी लिलामीमा राखिएको हो ।

प्रभु बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ र स्वावलम्बन लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । आवेदकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । यी शेयरहरूमा बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले शर्तहरूको अधिनमा रही काठमाडौंको कमलपोखरीस्थित बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ । बोलपत्र आज (वैशाख १६ गते) देखि आउदो असार १८ गते अपरान्ह ३ बजेसम्म पेश गर्न सकिनेछ ।

One thought on “प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

  1. Kushal paudel says:

    Pachthar phidim bata chai pharam varna paina

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*