अभियान लघुवित्तको साधारण सभा असार ६ गते बस्दै, के–के छन् एजेण्डा?

१६ जेष्ठ २०८१, बुधबार ०७:५१

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आउदो असार ६ गते बस्ने भएको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिले काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहानको ११ बजे बस्ने गरी सभा बोलाएको हो ।

सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन् । सभाले गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीले अन्य कुनै ‘घ’ वर्गको लघुवित्त कम्पनीसँग मर्जरको प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सोका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ती गर्ने तथा मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न अख्तियारी प्रदान गर्नेजस्ता ऐजेण्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ २१ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा जेठ २० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*